January 27, 2022
6:26 PM | 12:11 AM
कला तथा मनोरन्जन

गायिका पुनमले लिएर आईन रुवाउने गीत (म्युजिक भिडियो)

  08/06/2017 मा प्रकाशित

काठमाडौं । गायिका पुनम देभान्सिले “म हु निश्चल कोपिला” भन्दै मन छुने रुवाउने गित लिएर आएकी छिन । नेपाली समाजमा भएको छोरीप्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्ने छ । गायिका पुनम देभान्सिको सुमधुर स्वरमा रहेको म हु निश्चल कोपिलालाइ निर्देशक शिब शर्माले सुन्दर रुपमा सबै नेपालीहरुलाई सामाजिक रुपमा समाजमा सकारत्मक संदेश फैलाउन मद्दत पुर्याउने खालको म्युजिक भिडियो तयार गरेका छन । गायिका पुनम देभान्सिको शब्द तथा संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीत रहेको छ । अभिनेत्री कबिता शर्मा, आरके मानन्धर, संचारकर्मी सुर्य चन्द, गीता नेपाल, चक्रध्वोज भण्डारीको अभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकारहरुमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियारले जिबन्त अभिनय गरेका छन । सिद्दिका फिल्म द्वारा निर्मित म्युजिक भिडियोलाई निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया