१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन भन्दा आन्दोलनमा जाने परिस्थिति बन्यो : राजपा

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार १४:१३

काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गरेका मधेस केन्द्रित दलले सहमतिको तीन दिन नबित्दै सरकार सहमति कार्यान्वयनमा उदासिन बनेको आरोप लगाएका छन् । आजको संसद बैठकमा नव–निर्वाचित प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिँदै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका सांसद महेन्द्रराय यादवले निर्वाचनमा सहभागि हुने वातावरण नभए चुनावको वैधानिकता नहुने भन्दै सरकार सहमति कार्यान्वयमा गम्भीर नदेखिएको टिप्पणी गरेका हुन् ।
त्यसैगरी, राजपा नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लले आफूहरु निर्वाचनमा भन्दा आन्दोलनमा जाने परिस्थिति बन्दै गएको भन्दै सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा क्रियाशीलता नदेखाएको टिप्पणी गरेका हुन् । जेठ २३ गते प्रधानमन्त्रीको निर्वाचन हुनअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले राजपा नेपाल र संघीय समाजवादी फोरमसँग तीन बुँदे सहमति गरेका थिए । सहमतिपछि मात्रै ति दलले देउवाको पक्षमा मतदान गरेका थिए । रापजाले सोही सहमति कार्यान्वयमा सरकार उदासिन बनेको आरोप लगाएको हो । यदि राजपा निर्वाचनमा गएन भने असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको निर्वाचन होला कि नहोला भनेर संशय उत्पन्न भएको छ ।