१६ चैत्र २०८०, शुक्रबार
Follow Us

च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया बाहिरियो

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार ०५:३६

काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ४० रनले पराजित गरेको छ । यो हारसँगै अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ भने यो समूहबाट इंग्ल्याण्डसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्याण्डले टस जितेपछि ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ट्रेविस हेडले ७१ रन बनाउँदा एरोन फिन्चले ६८, कप्तान स्टिभ स्मिथले ५६ रन बनाएका थिए ।
२७८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको इंग्ल्याण्डको सुरुवात राम्रो नभएपनि बेन स्टोक्स र इयान मोर्गानले चौथो विकेटका लागि १५९ रनको साझेदारी गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको ४१ औं ओभरमा पानी परेपछि खेल अबरुद्ध भयो र थप खेल हुन सकेन र डीएल मेथडका आधारमा इंग्ल्याण्ड ४० रनले विजयी भएको हो ।