४ बैशाख २०८१, मंगलवार
Follow Us

राजपाको अडान कायमै, आजै आन्दोलनको घोषणा गर्ने

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार ०९:०९

काठमाडौं । सत्तारुढ दल र राजपा नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । संविधान संसोधन नभइ चुनावमा सहभागी नहुने राजपाको अडान कायमै रहेपछि आजको छलफल पनि निष्कर्षविहिन भएको हो । शनिवारको बैठकमा राजपाले निर्वाचनको मिति सार्न गरेको प्रस्ताव सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले अस्वीकार गरेका थिए । संविधान संशोधनको माग पूरा नभए निर्वाचनमा भाग नलिई आन्दोलनमा होमिने राजपा नेपालका नेताहरुले बताउँदै आएका छन् ।
राजपालाई निर्वाचनमा ल्याउने प्रयास स्वरुप निर्वाचन ऐन संशोधन गरिसकिएको र थप केही प्राविधिक विषय सल्टाउन सकिने सत्ता साझेदार दलका नेताहरुको भनाइ छ । छलफल निष्कर्षविहिन भएपछि राजपाले आजै आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । छलफल निष्कर्षविहीन भएसँगै दोस्रो चरणको निर्वाचनको अन्यौलता झनै बढेको छ ।