७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘प्रदेश नं. २ र ५ को चुनाव फेरि सार्न सकिने’

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७४, बुधबार ०८:०८

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी नेपालको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा दलहरुबीच आज पनि छलफल हुँदैछ । चुनावअघि संविधान संशोधन हुनुपर्ने अडान लिएको राजपालाई मनाउन प्रमुख दलहरुले राजपासँग छलफल गर्न लागेका हुन् ।
राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नं. २ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुले संकेत दिएका छन् । मंगलबार सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम तथा प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेताको बैठकमा राजपाले उठाउँदै आएको मागको विषयमा छलफल भएको थियो ।
राजपाले लिखित प्रतिबद्धता जनाएमा चुनावपछि संविधान संशोधन लगायतका माग पूरा गर्न ठूला दल पनि लिखित प्रतिबद्धता जनाउन तयार भएका छन् । राजपा चुनावमा आउन तयार भए असार १४ मा तोकिएको मिति केही दिन सार्न या प्रदेश नं. २ र ५ को चुनाव तेस्रो चरणमा गर्नेबारे पनि छलफल भएको छ । तर प्रमुख विपक्षी एमालेले कुनै हालतमा पनि चुनाव सार्न नहुने बताउँदै आएको छ ।