८ बैशाख २०८१, शनिबार
Follow Us

राजपा नेता यादव बुढानीलकण्ठ किन पुगे ?

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार ०७:४२

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राष्ट्रिय जनता पार्टीका नेता प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा प्रधानमन्त्री र राजपाका शीर्ष नेता महेन्द्र यादवबीच छलफल भएको हो । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राजपाका नेता महेन्द्र यादवलाई लिएर प्रधानमन्त्रीको निवासमा पुगेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपाका नेतालाई आग्रह गरेका छन् । उनले स्थानीय तहको निर्वाचनपछि राजपाका माग सम्बोधन गर्न आफू तयार रहेको भन्दै निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ । छलफलमा स्थानीय तहको निर्वाचन र राजपाका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल भएको छ ।