१५ चैत्र २०८०, बिहीबार
Follow Us

दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता सुरु

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ०३:४८

काठमाडौं । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता सुरु भएको छ । ८ बजेबाट सुरु भएको मनोनयन दर्ताको समय अपरान्ह ४ बजे सम्मका लागि निर्धारण गरिएको छ । असार १४ गते प्रदेश नम्बर एक, पाँच र सातका एक महानगरपालिका, सात उपमहानगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुनेछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुनेछन् ।
त्यस्तै, निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थलमा आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिव ७ हजार ८९ जनालाई अनुमति दिएको छ ।
यता, सुरक्षा सम्वेदनशीलता ध्यानमा राखेर ५ नम्बर प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको गृहमन्त्रालयले जनाएको छ । नवलपरासीमा हिजो भएको भिडन्तलाई ध्यानमा राखेर उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिइने बताइएको छ ।