७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्कटल्याण्डमा नेपाली भाषाकक्षालाई नेशनल लोटरीको सहयोग

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार १६:२१

बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालीकाहरुलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको आज तीन ३ बर्ष पुरा भएको छ । यही उपलक्ष्यमा एउटा बिशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा बिगत ३ बर्ष देखी सन्चालन गरिदै आएको छ । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर स्वयम सेबक शिक्षकहरु मार्फत कक्षा सन्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी गराउनु भयो ।

​एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित ३ बर्ष अघि सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालीकाहरुको उल्लेख्य सहभागिता रहेको छ । नेपाली भाषा कक्षाका संयोजक प्रकाश जिसिले बालबालिकाहरु नेपाली भाषा प्रस्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै हिजोआज झनै प्रभाबकारी भइरहेको बताउनु भयो । नेपाली भाषा कक्षामा पाँच देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी पठन पाठन हुँदै आएको छ । नेपाली भाषा, कला, संस्कृती, साहित्य र नेपाली पहिचान संबन्धी ज्ञान लिन बालबालिकाहरु पनि उत्सुक देखिएका छन । नेपाली भाषा कक्षा अध्यापनको लागि नेपालमा रहॅदा शिक्षण पेसामा लागेर अनुभब हासिल गरेका ब्यक्तीहरुको संलग्नता रहदै आएको छ । प्रकाश जिसिको संयोजकत्वमा मिन भट्ट, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, बिजय सिग्देल्, सागर सिम्खडा, शिव तिवारी लगायत आबद्द हुनुहुन्छ।

​प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बिगत बर्षहरुमा संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालन ल्याएको भए पनि भर्खरै ‘द नेसनल लोटरि’ नामक संस्थाद्वारा बर्ष २०१७/२०१८ को लागी झन्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको भन्दै खुशी ब्यक्त गर्नु भयो । उहाँले प्राप्त रकम प्रभाबकारी योजना सहित बालबालिकाहरुको बृहत्तर बिकाशमा खर्च गरिने बताउनु भयो ।

​स्कटलैण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा बिभिन्न प्राकृतिक बिपत पर्दा समेत सहयोग गर्दै आएको छ । स्मरण रहोस्, पछिल्लो पल्ट नेपालमा गएको महाभुकम्पको बेला संस्थाले स्थानिय नेपालीहरुबाट संकलन गरी प्रधानमन्त्री राहत कोषमा नेपाली २६ लाख भन्दा बढी रकम पठाएर सहयोग गरेको थियो ।