१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मान्छे खोज्न अख्तियारद्वारा सार्वजनिक सूचना जारी

नेपालब्रिटेन डट कम्
८ असार २०७४, बिहीबार १३:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुई सदस्यको खोजीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
आयोगले सर्लाही हरिवन गाविस ९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस ५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको हो । भ्रष्टाचारको आरोपमा आयोगले पत्राचार गरेपनि अनुपस्थित रहेपछि आयोगले विहिबार खोजीमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको हो ।
निजहरुलाई देख्ने वा फेला पार्ने जोसुकैले आयोगको हटलाईन १०७ वा नजिकको प्रहरी मा सूचना दिर्इ भ्रष्टाचार मुद्दाको अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन अनुरोध गरिएको छ । फरार महत र ढकाललाई पक्राउ गर्न सूचना दिई सहयोग गर्ने सर्वसाधारणलाई उचित पुरस्कार दिइने पनि अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको ३५ (क) अनुसार पक्राउका लागि सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोगले जनाएको हो ।

aaktiyar-suchana