६ बैशाख २०८१, बिहीबार
Follow Us

अलजजिरा टेलिभिजन च्यानल बन्द हुने !

नेपालब्रिटेन डट कम्
९ असार २०७४, शुक्रबार १५:२२

अबुदाबी । संयुक्त अरब इमिरेटस् (युएई)ले छिमेकी देशसँगको सम्बन्धलाई गम्भीरताकासाथ लिएर समाधान गर्न कतारलाई शुक्रबार सुझाव दिएको छ । छिमेकी देशहरुले समेत कुटनीतिक समाधान नखोजेमा खाडी क्षेत्र कतार देखि विभाजित हुन सक्ने चेतावनी समेत युएईले दिएको छ ।
युएइका विदेश मामिला राज्य मन्त्री अनवार गार्गाशले साउदी अरब, युएई, बहराइन र इजिप्टले ग्यासका लागि धनी राष्ट्र कतारलाई आतङ्कवादलाई सहयोग पु-याएको भन्दै कतारसँगको कुटनैतिक सम्वन्ध विच्छेद गरेको घोषणा गर्नुभएको थियो । उनीहरुको माग औपचारिक रुपमा नभए पनि दोहामा संचालित अल जजिरा न्युज च्यानलल उनीहरुको माग औपचारिक रुपमा नभए पनि सामाजिक सञ्जालहरुमा देखिएका विवरणहरुमा दोहामा संचालित अल जजिरा न्युज च्यानल बन्द गर्नुपर्ने, इरानसँगको कुटनैतिक सम्वन्ध र कतारस्थित टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने अडान छ ।
“कतारका मागहरु सम्बोधन गराउन र अन्य छिमेकी देशहरुसँग सम्बन्ध सुधार गर्न हाम्रो देशले मध्यस्थता गर्न तयार छ,” युएईका विदेश राज्य मन्त्री गार्गाशले ट्वीटरमा लेख्नुभएको छ । “आफ्ना मागहरु र छिमेकी देशहरुका चासोहरुलाई कतारले गम्भीरतापूर्बक छिमेकी देशहरुसँग छलफल गर्नेछ वा छुट्टै बाटो लिने छ,” उहाँले भन्नुभयो ।