१३ बैशाख २०८१, बिहीबार
Follow Us

गन्यापधुरा गाउँपालिकामा प्रधानमन्त्री देउवाले गरे मतदान

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार ०८:०८

प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गरेका छन् । बुधबार विहान सवा ८ बजेतिर डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ स्थित असीग्राम माविमा पुगेर मतदान गरेका हुन् । उनीसँगै काँग्रेस नेतृ अारजु राणा देउवाले पनि सँगै गएर मतदान गरेकी छिन् ।

दोस्रो संविधान सभामा डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित भएका प्रधानमन्त्री देउवाले बुधबार विहानै गएर मतदान गरेका हुन् । अहिले सो ठाउँमा हल्का पानी परिरहेको भएपनि मतदाताहरु उत्साहित बनेर मतदान गरिरहेका छन् ।