१५ चैत्र २०८०, बिहीबार
Follow Us

संखुवासभाको खाँदबारीमा कांग्रेस विजयी

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार ०८:०७

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका १० मा नेपाली काँग्रेस विजयी भएको छ।

नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेद्वार केशवजङ थापा ५७५ मत सहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार वेदबहादुर चौहानको ५० मतले पराजित भएका हुन्। उनको पक्षमा ५२५ मत खसेको छ।

वडाध्यक्ष बाहेक अन्य पदमा भने एमाले विजयी बनेको छ। महिला सदस्यमा चन्द्रकला तामाङ ५७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५७३ खुल्ला सदस्य बलराम राई ५६६ र लीलाबहादुर गुरुङ ५५२ मत ल्याएर विजयी भएका छन् ।