१२ बैशाख २०८१, बुधबार
Follow Us

सोलुखुम्बुको ४ स्थानमा काँग्रेस विजयी

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार ०८:५३

सोलुखुम्बु – सोलुखुम्बुको दुई गाउँपालिकाको ४ वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । लिखुपिके गाउँपालिकाको १ र ५, सोताङ गाउँपालिकाको १ र महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा कागे्रसको प्यानल नै बिजयी भएको हो।

बिहीबार बिहानबाट सुरु भएको मतगणनामा लिखुपिके गाउँपालिकाको वडा नम्बर १ मा काँग्रेसबाट ङवाङलाक्पा शेर्पा १ सय १९ मत सहित प्यानल नै विजयी भएको छ । उनका प्रतिद्वन्द्वी एमालेका कामी शेर्पा ४७ मत ल्याए । माओवादी केन्द्रका मिङमार तेण्डी शेर्पाले ९९ मत मात्रै ल्याएका छन् ।

त्यस्तै, वडा नम्बर ५ मा १ सय ९९ मत ल्याएर काँगे्रसका ङिमाछिरी लामा अध्यक्षमा विजयी भएका छन् । लामाका प्रतिद्वन्द्वी डसर्कि शेर्पाले १ सय ३६ मत ल्याए भने माओवादी केन्द्रका तर्फबाट आङबाबु लामाले १ सय ८३ मत ल्याएका छन्।

सोलुखुम्बुको सोताङ गाउँपालीकामा पनि काँग्रेसको अग्रता छ । वडा नम्बर १ मा काँग्रेसका जंगबहादुर गुरुङ ३ सय ७२ मत ल्याएर प्यानलै सहित विजयी भए ।

महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ मा पनि काँग्रेसको प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृत प्रकासचन्द्र अधिकारीले जानकारी दिए ।