१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अख्तियारद्वारा चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार १४:०२

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग तीन अर्ब धरौटी माग गरेको छ। चार साता अगाडि आयोगले शर्मालाई पक्राउ गरी बयान लिएको थियो। आयोगले बिहीबारसम्म एक करोड भन्दा माथिका १ सय फाइल अध्ययन गर्दा उल्लेख्यमात्रामा कर छुट दिएको आधारमा उनीसँग तीन अर्ब रुपैँया धरौटी माग गरेको अख्तियारले जनाएको छ। उनीसँग पहिलो चरणको बयान लिने काम बिहीबार सकिएको छ।

आयोगले उनलाई पक्राउ गरी विशेष अदालत मार्फत म्याद थप गरेको छ। तीन अर्ब बुझाएमा शर्मा धरौटीमा रिहा हुने छन्।