८ बैशाख २०८१, शनिबार
Follow Us

‘मिस प्लस–२’ का लागि आवेदन खुल्यो

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार १५:४१

काठमाडौं । कुनै पनि सुन्दरीको ताज पहिरिन रहर र इच्छा भएकाहरुका लागि खुसी खबर छ । जसका लागि ‘मिस प्लस–टु–२०१७’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था सेन्टर मिडिया प्वाइटले यस प्रतियोगिताको सिजन–२ का लागि आवेदन खुला गरिएको जनाएको हो । सेन्टर मिडियाले विज्ञप्ति जारी गर्दै यस नयाँ सिजनका लागि गत बुधबारबाट आवेदन खुला गरिएको जानकारी गराएको हो । आवेदन दिन चाहनेले चावहिलस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
यस सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन प्रतियोगितामा कक्षा ११ अध्ययनरत तथा प्लस–२’मा परीक्षा दिएर बसको किशोरीहरुले सहभागी जनाउन पाउनेछन् । प्रतियोगिताका लागि १५ दिनको आवेदन अवधि तोकिएको छ । आयोजक संस्थाका अनुसार प्रतियोगिताका आवेदन भर्नेहरुका लागि यही आउँदो असार २४ र ३१ गते राजधानीमा अडिसन हुनेछ । अडिसनमा छनोट हुन सफल प्रतियोगीहरुलाई फाइनलका लागि क्याटवाक, नृत्य, खेलकुद, स्वीमिङलगायत विभिन्न आत्मविकासबारे गु्रमिङ गराइनेछ । उनीहरुलाई कोरियोग्राफर किरात विन्द्रले कोरियोग्राफी गर्ने जनाइएको छ ।
एक महिने गु्रमिङ कक्षापछि हुने अन्तिम फाइनलका विजेता हुनेले स्कुटर र क्रमश फस्ट रनरअप र सेकेण्ड रनरअपले मोबाइलका साथै विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जजाएको छ ।