१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एयरपोर्टमा १० करोडको जर्मनी बस

नेपालब्रिटेन डट कम्
२८ असार २०७४, बुधबार ०७:३७

काठमाडौं । सामान्य बस सेवा सञ्चालन गर्न नसकेको नेपाल एयरलाइन्सले युरोपबाट १० करोड रुपैयाँ मूल्य पर्ने बस झिकाएको छ । जर्मनीबाट झिकाइएका यी दुई थान ¥याम्प बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङमा प्रयोग हुनेछन् ।
यात्रुका झोला जहाजबाट झिकेर ब्याग क्लेम क्षेत्रसम्म ल्याउँदा ब्यागभित्रका माल वस्तु हराइरहने र त्यसको जिम्मेवारी नलिने एयरलाइन्सले ती बसलाई कहिलेसम्म सुचार चलाउन सक्ला भनेर विश्वस्त हुने आधार बनिसकेको छैन । प्लेनका चक्का एयरपोर्टबाटै हराएको घटना पनि छ नेपाल एयरलाइन्सको ।
निगमसग पुराना ५ थान बस छन् तर अहिले आयात गरिएका अत्याधुनिक र सुविधा सम्पन्न भएकाले निगमको इज्जत बढ्ने भनिएको छ । यात्रुका सामान चोर्ने कलाकार कामदारलाई रोक्न सके र छिटोछरितो काम गर्ने जागर विकास गरे त्यसै निगमको इज्जत बढ्थ्यो भन्छन् जानकारहरु ।