January 27, 2022
6:03 PM | 11:48 PM
कला तथा मनोरन्जन

ग्लोबल फिल्म अवार्डमा संसारभरका कलाकार एक ठाउँमा

  14/07/2017 मा प्रकाशित

काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा हुने भएको छ । आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् ।
सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्यातिसंगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ हेरिएको छ । खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान, फ्रान्स, इटलीलगायतबाट कलाकार आउने छन् ।
नेपाल तथा अमेरिकाको ७० औं फ्रेन्डशिप साठगाठ बर्ष मनाउने अवसरमा हुन गईरहेको नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउन सहयोग पुग्ने आयोजकको दावी छ । ‘नेपाली चलचित्र गाउंदेखि विश्वसम्म’ भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रवद्र्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्य रहेको नायक नबराज श्रेष्ठले बताए । तेस्रो संस्करण भने अस्ट्रेलिया अथवा दुबईमा हुन सक्ने कुरा बताइएको छ ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यस पटकको अवार्ड पृथक हुने अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् । आयोजक समितिको अध्यक्षमा नायक नवराज श्रेष्ठ छन् भने मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका रहेको छ ।
उक्त अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधुकुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

प्रतिक्रिया