१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुर मत गणना प्रकरण एक सातापछि, शर्माविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७४, सोमबार १५:२५

काठमाडौं । भरतपुर प्रकरणमा सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश विदेश जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमवार सुनुवाई सुरु भएको हो । न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो । सोमबार बहस नसकिएकाले अब अर्को सुनुवाई साउन ८ गते हुने भएको छ । सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्न भ्याए ।
आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि आज पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई भोलीका लागि तोकेको छ ।
न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको भए पनि नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइका लागि भोली तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ ।