६ बैशाख २०८१, बिहीबार
Follow Us

बाहिरी चक्रपथ निर्माणमा अवरोधै अवरोध

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार ०६:१३

काठमाडौं । बाहिरी चक्रपथ निर्माण गर्न चीनले दशकअघि नै सहयोगको बचन दिएको थियो । तर सहरी विकासका इन्जिनियरहरुको ढिला सुस्तीले जग्गा अधिग्रहणमा समस्या आएपछि निर्माण सुरु भएन । त्यही रकम पहिलो रिंगरोडलाई सुधार गरिदिन आग्रह गरियो र चीनले यतिबेला पहिलो रिंगरोड विस्तार गरिरहेको छ । सहरी विकासले फेरि दोस्रो रिंग रोडको निर्माण अघि बढाउने निर्णयमा पुगेर यसको लागत ६ अर्ब तय ग¥यो ।
तर पहिलो फेजमा सतुंगल चोभारसम्मको ६ किलोमिटर खण्ड निर्माण गर्ने भनिए पनि त्यसको फाइल अघि बढेको छैन । सडकमा पर्ने जग्गा रोक्का राखरे अधिग्रहण गर्नुपर्नेे विषयमा नै किचलो सरुु भएको छ । सचिव दीपेन्द्रनाथ शर्माका अनुसार काम रोकिएको छैन, आवश्यक प्रक्रिया अगाडि बढाइएको मात्र हो । केही दिनमै प्रक्रिया पूरा भएर निर्माणको काम अघि बढ्छ । तर कानुनी राय सकारात्मक आउने सम्भाबना कम छ ।
सचिवस्तरीय निर्णयबाट बाहिरी चक्रपथ विकास आयोजना अगाडि बढाउन आयोजनाका अधिकृत ध्रुव सापकोटालाई प्रारम्भिक अधिकारी तोकिएको थियो । जग्गा रोक्का गर्न सरकारको निर्णय हुनुपर्ने माग जिल्ला प्रशासन कार्यालयले गरेपछि मन्त्रिस्तरीय वा मन्त्रिपरिषद् कुन तहबाट गराउ“दा उपयुक्त हुन्छ भन्ने विषयमा नै दोश्रो रिंगरोडको प्रकृया रोकिएको सचिवले बताएका छन् ।
अहिलेसम्म उपभोक्ता समिति समेत गठन हुनसकेको छैन । प्राधिकरणले ठोस निर्णय गर्न सकेको छैन भने रिंगरोडमा जग्गा पर्नेहरुले अहिलेको मूल्यमा क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । यहीकारणले गर्दा आठ हजार नागरिकलाई प्रत्यक्ष असर पर्ने योजनामा पीडितको सहमति नदेखाई जग्गा रोक्का गर्न खोजिएको छ । कसरी उपभोक्ता समितिले काम गर्ने भन्ने टुंगो नभई फाइल अगाडि बढाउन नसकिने र जबरजस्ती गरे दुर्घटना हुने बताइदैछ ।