७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्दिपको कसिलो बलिङ, नेपालको दोस्रो जीत

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७४, मंगलवार ०६:२६

काठमाडौं । अण्डर-नाईन्टिन विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । खेलमा मलेसियाले दिएको ५९ रनको झिनो चुनौती नेपालले १० औं ओभरमा ५ विकेट गुमाएर पुरा ग-यो ।
आक्रामक ब्याटिङ गरेको नेपालको लागि आसिफ शेखले २३ रन तथा प्रनित थापामगरले १८ रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २६ औं ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्रै जोड्न सक्यो ।
नेपालका कप्तान सन्दिप लामिछानेले आज पनि ५ विकेट लिए । लामिछानेले हिजो सिंगापुरविरुद्धको खेलमा पनि ५ विकेट लिएका थिए । चार टोली सहभागि अण्डर नाईन्टिन विश्वकप अन्तर्गत एसियाली समूहको छनोटमा नेपाल र अफ्गानिस्तानलाई दावेदार मानिएको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने एउटा टोली अण्डर नाईन्टिन विश्वकप क्रिकेटका सहभागि हुन पाउनेछ ।