१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिहानै अस्पताल भर्ना भए पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७४, बुधबार ०५:१५

काठमाडौं । मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह एकाबिहानै अस्पतालमा भर्ना भएका छन् । पूर्वराजा शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । आइतबार गरिएको परीक्षणमा उहाँको मुटुको चाल असामान्य भेटिएपछि आज बुधबार बिहान एन्जीओप्लाष्टी गर्न लागिएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।