८ बैशाख २०८१, शनिबार
Follow Us

विराटनगर स्थित गार्मेन्ट उद्योगमा भीषण आगलागी

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १५:३२

मोरङ । विराटनगर वडा-१३ स्थित गार्मेण्ट उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।शनिवार अपरान्ह ३ बजे देखि विराटनगरको गार्मेन्ट उद्योगमा लागेको आगलागी नियन्त्रणमा ल्याउने प्रयास जारी छ । आगो नियन्त्रण गर्न विराटनगरका २ वटा दमकलहरु सहित नेपाल प्रहरी र स्थानीयहरु प्रयासरत छन् । विराटनगरमा रहेको ३ वटा दमकल मध्ये एउटा बाटैमा बिग्रिएको छ । आगलागी नियन्त्रणका लागि धरान, इटहरी र इनरुवाको दमकलहरु समेत मगाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । विद्युत सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ, आगलागीको कारण थाहा हुन सकेको छैन ।