१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतमा यसरी नाचे विदेशी तीजको गीतमा (भिडियो)

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७४, शनिबार १८:१५

नेपाली गाउँमा मात्र होइन प्रवासमा पनि तीजको रौनक सुरु भएको छ । तीजलाई लक्षित गरी नेपालमा दर्जनौं म्यूजिक भिडियोहरु तयार भइरहेका छन् ।

यसै शिलशिलामा बेलायतमा रहेका केही नेपाली कलाकारहरुले पनि तीज गीत भिडियो तयार पारेर ख्याती कमाइरहेका छन् ।

सामाजिक संजालहरुमा भिडियो चर्चित भएको छ भने यूट्युबमा भ्यूअर्स बढ्ने क्रममा छन् ।

विश्वका जुनसुकै कुनामा रहेपनि आफ्नो संस्कृति र परम्परालाई जोगाराख्ने उद्देश्यले भिडियो तयार गरिएको कलाकारहरुले बताएका छन् ।

पवित्र चाड हरितालिका तीज नजिकिदै गर्दा बेलायतमा बस्ने चेलीहरुले छमछमी नाच्दै ‘तीजको रंग..’ बोलको गीतलाई भिडियोमा उतारेका हुन् ।

यसपालिको तीजमा संसारभर छरिएर रहेका नेपाली दिदि बहिनीहरुलाई छम छ्मी नचाउन अप्सरा शाक्य र शिम्मी पुनले सम्भवत पहिलो पटक बिदेशी र नेपाली दुवै मिलेर गीत तयार गरेका हुन् ।

विदेशी प्राविधिक समेत लिएर सुनिल रुपाखेतीले निर्देशन तथा छायांकन गरेको गीतमा शिम्मी पुनले अभिनय गरेकी छिन । पुनले नै म्युजिक भिडियोमा कोरियो ग्राफर तथा मोडलिङ्ग गरेकी छिन् ।

अप्सरा शाक्य लगायका कलाकारको स्वरमा सजिएको गीतलाई सुदिप सागरले म्यूजिक एरेन्ज गरेका छन् । विन्धाबासिनी म्यूजिकले भिडियोलाई सार्बजनिक गरेको छ ।

बेलायतका विभिन्न सुन्दर पार्कहरुमा छायाकंन गरिएको गीतमा बिदेशीहरु पनि मजाले रमाइलो गरेका छन् ।