८ बैशाख २०८१, शनिबार
Follow Us

आज मन्त्रीपरिषद विस्तार हुने, १८ मन्त्री थप्ने तयारी

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार १०:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद विस्तारको तयारी गरेका छन् । सरकार विस्तार गर्न नसकेको भनेर तिब्र आलोचना भएपछि आज देउवाले सरकार विस्तारको तयारी गरेका हुन ।

कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् । देउवाले कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एक/एक जना मन्त्री बनाउने तयारी गरेका छन् ।

पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्त लगायतको नाम चर्चामा छ । सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ ।

माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली लगायतको नाम मन्त्रीमा चर्चामा छ । फोरम लोकतान्त्रिकले जितेन्द्र देव र गोपाल दहितलाई पठाउने तयारी गरेको छ । राप्रपासँग संविधान संसोधन लगायतका विषयमा सहमति जुटन बाँकी रहेकाले तत्कालै मन्त्री बनाउने सोचमा प्रधानमन्त्री देखिएका छैनन ।