१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा. केसीसँगको वार्ता आज पनि

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७४, शनिबार ०४:१५

काठमाडौं । चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच वार्ता आज पुनः वार्ता जारी रहनेछ । हिजो विना निष्कर्ष टुंगिएको वार्तालाई आज पनि निरन्तरता दिइएको हो ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा हिजो भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी आज शनिबार पुनः वार्तालाई निरन्तरता दिइएको हो ।
डा केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो । सरकारले वार्ता टोली बनाएलगत्तै बिहीबार बेलुका वार्ता टोलीले अनसनरत डा केसीलाई भेट गरी आज वार्ता गरेको थियो ।