७ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुर–१९ वडामा पुनः मतदान गर : सर्वोच्च अदालत

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७४, आईतवार १३:५८

काठमाडौं । बहुचर्चित भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा आज निर्णय सुनाएको छ । झन्डै २ महिनापछि सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने आदेश दिएको छ । पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आइतबार जवाफी बहस गरेका थिए ।
जवाफी बहस सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गरेको हो । गत बिहीबार सरकारी वकिलको बहस सकिएकाले आज रिट निवेदक पक्षका वकिलको जवाफी बहसबहस सकिएपछि निर्णय आएको हो । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो ।