१४ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवा भारत नजाँदै चिनियाँ सशक्त टोली नेपाल भ्रमणमा

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७४, मंगलवार १५:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति नतोकिदै चीनले सिनियर उपप्रधानमन्त्री झाङ काओ लीको नेतृत्वमा चिनियाँ उच्चस्तरीय टिम नेपाल पठाउने निश्चित भएको छ । यद्यपि चिनियाँ टोलीको नेपाल भ्रमणबारे पनि मिति तय भइसकेको छैन ।
नेशनल पिपुल्स कांग्रेसका सातौं बरियता प्राप्त झाङ २०१३ देखि चीनका उपप्रधानमन्त्री छन् । उनले दक्षिण एसियाको विशेष निगरानी गर्दै आएका छन् । दक्षिण एसियाको विशेषज्ञसमेत मानिने झाङ चिनियाँ कम्युनिष्ट पार्टीमा शक्तिशाली नेता हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ सैनिक सीमा सुरक्षा गर्न सक्षम छन् भनेको केही घन्टामै झाङको नेपाल भ्रमण तय भएको हो । उपप्रधानमन्त्री कृष्णबहादुर महराको निम्तोमा भनिए पनि झाङ काओ ली दक्षिण एसियामा विकिसत कूटनीतिक र राजनीतिक तनाव, भुटानी सीमा दोक्लाममा भारतसँग भइरहेको बिबाद, सिक्किम स्वतन्त्र हुनुपर्छ भन्ने चीनको पछिल्लो भनाइ र भाजपाका प्रवक्ताले नेपालका विषयमा चिन्ता र चासो लिनु भारतको अधिकार हो भनेर दिएको अभिव्यक्तिप्रति चीनले चासो देखाएको छ । चीनले नेपालको अडान र नीतिमा स्पष्ट हुनका लागि वरिष्ठ उपप्रधानमन्त्रीको भ्रमण हुन लागेको कूटनीतिकज्ञहरु बताउँछन् ।
यसैवीच हिजोमात्र संसदमा संसदमा दोक्लाम चीनको भूमि हो भन्ने नेमकिपाले आवाज उठाएको थियो । तर, नेपाल सरकारले यस विषयमा केही बोलेको छैन । भारत र चीन ठूला मुलुक आपसमा भिडन्त गरिरहेका छन् । चीनले काश्मिरमा समेत घुस्न सक्ने बयान दिइसकेको सन्दर्भमा नेपालले त्यो विवादमा आफूलाई संलग्न राख्ने कि असंलग्न बस्ने भन्ने विषयमा अहिलेसम्म कुनै बहस गरेको छैन ।
चीनले नेपाली भूमि चीनका विरुद्ध प्रयोग नहोस्, एक चीन नीतिमा नेपाल कायम रहोस् र चीनको ओविओआरमा नेपाल संलग्न रहोस् भन्ने चाहेको छ । चीनले नेपालको सार्वभौमिकताको सधैं सम्मान गर्दै आएको छ । योभन्दा पनि अघि बढेर नेपालको भारतसँगको व्यापार घाटा घटाइदिन नेपाली उत्पादनको सूची दिए नेपाली सामान खरिद गरिदिने वचनसमेत दिएको छ ।