March 23, 2023
8:11 PM | 1:56 AM
?>
खेल

रोनाल्डोद्वारा करछली विषयमा निर्दोष रहेकोे दावी

  02/08/2017 मा प्रकाशित

म्याड्रिड । रियल म्याड्रिडका अग्रपङ्तीका फुटबल खेलाडी क्रिश्टियानो रानाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गर्नुभएको छ ।
स्पेनी अदालतलाई उहाँको प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले अदालतलाई जानकारी दिन लेखेको पत्रबारे जानकारी गराउन जारी गरिएको विज्ञप्तिमा फुटबल स्टार रोनाल्डोले भन्नुभएको छ, “मैले कहिल्यै केही लुकाएको छैन नत मेरो कल छल्ने उद्देश्य रहेको थियो । ”
उहाँले भन्नुभयो, “मैले सधैँ सवतस्फूर्त रूपमा मेरो कर तिर्ने गरेको छ । यो हाम्रो कर्तब्य हो । जसले मलाई चिन्छ उसलाई मेरो सल्लाहकारलाई मैले के सोधेँ भन्ने बिषयमा जानकारी छ । म समस्या चाहन्न र समयसमयमा तिर्नुपर्ने सबै कुरा कानूनी दायरामा रहेर तिर्ने गरेको छु ।”रोनाल्डोमाथि एक करोड ४७ लाख ६ हजार यूरो बराबरको कर छली गरेको आरोप लागेको छ ।

प्रतिक्रिया