१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार ०९:४५

काठमाडौं । मधेसकेन्द्रित विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ । नयाँ कार्यालय बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा छ ।
तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आज उद्घाटन गरिएको हो ।
राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्तरूपमा झण्डोत्तलन गर्नुभएको थियो । अध्यक्ष मण्डलका अर्को नेता राजकिशोर यादव भने उपत्यका बाहिर भएकाले अनुपस्थित हुनुहुन्थ्यो ।
कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको छ । पार्टी एकिकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठकमा राजनीतिक प्रस्ताव पेश हुने र राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने अध्यक्ष मण्डलका नेता अनिल झाले राससलाई जानकारी दिनुभयो । बैठक तीन दिनसम्म चल्ने राजपाले जनाएको छ ।