१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गायक प्रमोद राजको ‘रहे सम्म’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७४, बुधबार १७:४१

फडिन्द्र भट्टराई । गायक प्रमोद राज न्यौपानेको स्वरमा ‘रहे सम्म तिमी सँग..’ बोलको म्युजिक भिडियो लन्डनमा यसै साता सार्वजनिक गरिएको छ। लन्डन नजिकैको समुद्री तट आसपासका दृश्यलाई कैद गर्दै छायांकन गरिएको यो गीतमा शब्द रचना युरान र संगीत सागर किनारको रहेको छ।

म्युजिक भिडियोमा रोशना कार्की र टंक धमलाले मोडेलिङ गरेका छन्।

म्युजिक भिडियोको छायांकन, निर्देशन र सम्पादन लन्डनबाट आफ्नो क्षेत्रमा कुशल चिनारी बनाएका कुशल श्रेष्ठले गरेका हुन्।

रोमान्टिक पप शैलीको यो गीतका गायक प्रमोद राज न्यौपाने नेपाल देखिनै रेडियो प्रस्तोताको रुपमा कार्यरत थिए।

सेतोपाटीसँगको कुराकानीमा गायक न्यौपानेले म्युजिक भिडियो सार्वजनिक भएपछि पाएको दर्शक प्रतिक्रियाबाट आफ्नो टीममा थप उत्साह पलाएको बताए।

गायक न्यौपानेको यसअघि ‘मेरो घरको छानो’ नामक एल्बम बजारमा ल्याएका थिए।