१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भरतपुर–१९ मा मध्यान्नसम्म ५० प्रतिशत मतदान सम्पन्न

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७४, शुक्रबार ०८:०८

चितवन । सबैको चासोको विषय बनेको भरतपुर महानगरपालिका वडा नम्बर-१९ मा मध्यान्नसम्ममा ५० प्रतिशत मत खसेको छ । स्थानीय पत्रकार सिर्जना अर्यालले दिएको जानकारीअनुसार गर्मी भएकाले मतदाता बिहानै मतदानका लागि लाइनमा बसेका थिए । भरतपुर वडा नम्बर १९ मा ३ वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको छ । १९ वडामा ३ हजार ७ सय ९७ जना मतदाता छन् ।
सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको उक्त वडामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन् । बुधबार बेलुकीदेखि वडामा प्रवेश गर्ने गाडीलाई जाँच गरी पठाइएको छ । तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिएको छ ।
गएको जेठ १४ गते राति माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले पुन मतदानका लागि आदेश दिएपछि आज मतदान हुन लागेको हो ।