१३ बैशाख २०८१, बिहीबार
Follow Us

१० वडाको १२ सय मत गन्नदा ९० मतको अन्तर

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार ११:०४

चितवन । १० वडाको १२ सय मत गन्नदा ९० मतको अन्तर मतले एमाले उम्मेदवार देवी ज्ञवालीले लिड गरिरहेका छन् । वडा नम्बर १९ को मतगणना सकिँदा एमालेका उम्मेदबार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा २२१ मतले अगाडि थिए । वडा नं. १० मत गन्न थालेपछि दाहालले मत अन्तर कम गर्दै लगेकी हुन् ।
चितवनबाट हाम्री संवाददाता सिर्जना अर्यालले टिपाएको पछिल्लो मत विवरणअनुसार अहिले एमालेका ज्ञवालीले ४२ हजार २ सय १ मत प्राप्त गरेका छन् भने माओवादीकी ४२ हजार ४८ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका उम्मेदवारले ६ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १९ को वडा अध्यक्षमा कांग्रेसका कर्णवहादुर गुरुङ एक हजार चार सय ७८ मत ल्याएर विजयी भएका छन् । चार वडा सदस्य पनि कांग्रेसकै उम्मेदबारले जितेका छन् । भरतपुर १९ मा शुक्रवार मतदान भएको थियो ।
३ हजार ८ सय ९७ मतदाता रहेको वडामा २ हजार ८ सय ७० मत खसेको थियो । अहिले वडा नम्बर बीसको मतगणना भईरहेको छ । बैशाख ३१ गते नै मतदान भएको भरतपुर वडा नम्बर २० मा ३३ सय १८ मत खसेको थियो ।
अघिल्लोपटक मतपत्र च्यातिएकाले कडा सुरक्षा घेरामा मतगणना भैरहेको छ । दलीय प्रतिनिधिको मतपत्रसम्म पहुँच नपुगोस् भनेर तारको जालीसमेत लगाइएको छ ।