११ बैशाख २०८१, मंगलवार
Follow Us

डाक्टर गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीस कार्कीसमेत सहभागी

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७४, शनिबार १४:०९

काठमाडौं । चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा राजधानीमा शनिवार वृहत प्रर्दशन भएको छ । पटक पटक अनसन बस्दा पनि डाक्टर केसीले उठाएका माग पूरा नभएकोमा विभिन्न पेशा र क्षेत्रका व्यक्ति काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।
‘आइ एम विथ डाक्टर केसी’ अभियान चलाइरहेका उनीहरुले शंख बजाई प्रर्दशन गरेका थिए । प्रदर्शनमा पूर्व प्रधानन्यायाधीस सुशीला कार्की समेत सहभागि भएकी थिइन ।
माइतीघरबाट सुरु गरिएको प्रर्दशन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीले ११ औं पटकको अनसन १३ औं दिन सम्म जारी रहँदा समेत सरकार र सरोकारवाला निकायले केसीका माग सम्वोधनमा चासो नदिएको गुनासो गरे ।
पछिल्लो समय प्रमुख ३ दलका शीर्ष नेताले अनसन फिर्ता लिन डाक्टर केसीलाई आग्रह गरे पनि समस्या समाधानमा ठोस धारणा बनाउन सकेका छैनन् । १३ औं दिनको अनसन जारी रहँदा डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ ।