६ बैशाख २०८१, बिहीबार
Follow Us

पशुपतिशमशेर राणाको नयाँ राप्रपा निर्वाचन आयोग र संसदमा दर्ता

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७४, आईतवार १४:०५

काठमाडौं । गत मंसिर ६ गते एक भएको राप्रपा आइतबार विभाजन भएको छ । ४० प्रतिशतभन्दा बढी सांसदसहित संसदमा र ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा दल दर्ता भएको केन्द्रीय सदस्य सगुन लावतीले जानकारी दिए । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल एकीकरण भई ३७ सिट सहितको राप्रपा गठन भएको थियो । त्यति वेला राप्रपासँग १२ र राप्रपा नेपालसँग २५ सांसद थिए । यतिबेला २२ सांसद लिएर राणाको टोली बाहिरिएको छ । कमल थापासँग अब १५ सांसद छन् । संविधानसभा निर्वाचनपछि चौथो ठूलो पार्टी रहेको कमल थापा नेतृत्वको राप्रपा नेपाल अब सातौं ठूलो पार्टी बनेको छ ।
राणाको अध्यक्षतामा आइतवार संसदीय दल र निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दर्ता भएको छ । राणा नेतृत्वको नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेका छन् । कमल थापासँग संसदीय दलमा ४० प्रतिशत नपुगे पनि केन्द्रीय समितिमा भने पुग्ने संभावना जिवितै छ । राप्रपा नेपालबाट समानुपातिकमा निर्वाचित बविना मोक्तान, विराज विष्ट, रामकुमार सुव्वा, सयन्द्र वान्तवालगायतका सांसद राणातिर लागेका छन् ।