१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा निजी विमान राख्ने कानुन बन्दै

नेपालब्रिटेन डट कम्
२४ श्रावण २०७४, मंगलवार १५:५३

काठमाडौं । अब नेपालमा पनि निजी क्षेत्रका व्यक्ति र संस्थाले निजी विमान राख्न पाउने कानुन बन्दैछ । जसको दबाबमा यस्तो कानुन बन्न लागेको हो, तिनीहरुमा १० व्यापारी र केही उच्च पदस्थ कर्मचारीको नाम चर्चामा आएको छ । उनीहरुका लागि सरकारले निजी प्लेन खरिद गर्न पाउने बाटो खुलाउन लागेको छ ।
पर्यटन मन्त्रालयले यस सम्बन्धमा नियमावली मस्यौदा गरिसकेको छ । यस मस्यौदा अनुसार धनाड्यले निजी प्लेन राख्न पाउने ढोका खुल्न लागेको हो । अब ठूला घरानियाँ उद्योगी, व्यापारी र तिनीहरुसँग संसर्ग गरेर कालोधन थुपार्नेहरुले समते निजी विमान राख्न सक्ने अनुमान गरिएको छ ।
तत्कालका लागि अरवपति विनोद चौधरी जसले भर्खर युरोपमा समेत वाइवाइ चाउचाउको कारखाना खोल्न सफल भए, उनले निजी विमान किन्न सक्नेछन् । साथै आइएमइ समूहका चन्द्र ढकाल, प्रभु समूहका देवी भट्टचन, सिद्धार्थशमशेर जबरा, गोल्छा समूहका शेखर गोल्छा, शाहिल अग्रवालका साथै एनआरएनका केही व्यक्तिले निजी विमान खरिद गर्ने सम्भावना छ ।