६ बैशाख २०८१, बिहीबार
Follow Us

घुस नपुगेपछि मेरो ३ अर्ब रुपैयाँ रोकियो : अजय सुमार्गी

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७४, बुधबार ०८:२६

लण्डन । म धनी नहुने सवालै छैन, राज्यलाई कुनै बाधा दिएको छैन, व्यवसाय गरेको हुँ । व्यवसाय गरेपछि उपलब्धी हुनु स्वभाविक थियो । नेपालमा कसले कसलाई भत्काउने काम मात्र बढी हुँदो रहेछ । व्यवसाय गर्न कुनै विदेशीले एक हजार रुपैयाँ हाल्छु भन्यो भने २ सय रुपैयाँ हालेर आफू त्यसलाई कसरी खाइहाल्ने र विदेशी भगाउने सोच मात्र नेपालीको हुँदो रहेछ । हाम्रो देशमा व्यवसायीभन्दा कमिसन एजेन्ट बढी रहेछन् ।

म त ढुंगा फुटाएर आएको मान्छे । कामसँग इमान जोडिनुपर्छ । इमान मात्र जोडिएर हुँदैन, आफूसँग काम गर्ने मान्छेलाई विवेक पु¥याएर दुःख सुख हेर्ने, विरामी भएका बेला हेर्ने, बालबच्चा के छ तिनीहरुलाई हेर्ने काम पनि गर्नैपर्छ ।

काठमाडौं गएर व्यवसाय गर्न खोज्दा यी सबै परिस्थिति सिर्जना भएका हुन् । मैले जति पनि व्यवसाय नेपालमा गरें, नेपालमै गर्न चाहेँ । त्यसक्रममा अन्तर्राष्ट्रिय बिजनेश हाउससँग मेरो धेरै पटक डिल भयो ।

अहिले विदेशबाट नेपाल गएको मेरो ११ अर्ब रुपैयाँ हो, ३ अर्ब रुपैयाँ होइन । ११ अर्बमा ८ अर्ब रुपैयाँ चलाएको हुँ । मैले अस्ती क्याविनेटको बैठकमा भन्दिएँ– ‘मलाई किन ८ अर्ब रुपैयाँ मात्र चलाउन दिएको ? त्यो मेरो पैसा होइन, साथीहरुबाट नेपाल ल्याएको हुँ । ८ अर्ब रुपैयाँ चलाउन दिने र मलाई पनि जेल हाल । मैले यो बोलेको कुरो लेखिदे हुन्छ । यदि होइन भने यो ३ अर्ब रोक्नेलाई जेल हाल, मेरो पैसा ब्याजसहित फिर्ता देऊ ।’

३ वर्ष भयो, पैसा एउटै चिठीमा एउटै पटक ११ अर्ब गएको हो । मैले खल्तीमा हालेर लगेको होइन । त्यत्ति पैसा खल्तीमा हालेर लैजान सकिँदैन भन्ने कुरा सामान्यतः सबैलाई थाहा छ । २ हजार पाउण्डभन्दा बढी लन्डनका नेपालीहरुले पनि बोकेर नेपाल जान सक्दैनन, आवश्यक प¥यो भने आईएमई गरिन्छ । मैले कसरी लैजानु, त्यत्रो पैसा, मसँग हेलिकप्टोर प्लेन छैन । पैसा सिस्टमबाट गएको हो, ११ अर्ब गएको थियो, ८ अर्ब चलाउँदासम्म नेपाल सरकार आँखामा पट्टी बाँधेर बसे वा मसँग घुस खायो । होइन भने मैले दिएको घुस उनीहरुलाई पुगेन र मेरो ३ अर्ब रुपैयाँ रोके ।

त्यसपछि साथीहरुलाई पैसा नेपालमा लैजानु हुँदैन भन्न बाध्य भएँ । अब नेपालमा पैसा लैजान सक्दिनँ, यही निष्कर्ष निकाल्न अन्तिम बैठकमा म लन्डन आएको हुँ । फेरि पनि नेपालप्रति माया छ, म त्यही जन्मेको हो, मेरा मलामी त्यही छन् । मलामीका लागि म गर्व गर्ने मान्छे हुँ । मलामीमा गर्व गर्ने जो पायो त्यसले गर्न सक्दैन ।

म सबैका लागि हुँ, म हामी सबैका लागि हौं भन्ने हिम्मत सबैमा हुनुपर्छ । हामी हरेक नेपालीसँग हुनुपर्छ । त्यत्ति भयो भने मलामी बढ्छन् । काम हामीले जहिले पनि ठीकसँग गर्नुपर्छ । काम गर्दा बाधा अडचन त आउँछ नै । म बसिरहेको घरमा अर्कोले मुद्दा हाल्यो भने मुद्दा लाग्छ । लाइफ भनेको मुद्दा हो । प्रयाक्टिकल्ली यो लाइफ मुद्दा नै हो ।

(लन्डनमा आयोजित एक कार्यक्रममा सुमार्गीले बोलेका कुराको सम्पादित अंश)
ajaya

20638986_2044801718878771_4886742194496117274_n

20663625_2044799262212350_8960850158800491340_n

20663977_2044799735545636_5013951024457016233_n

20728079_2044799405545669_7381757772901318633_n

20729209_2044862038872739_7119671829206805280_n