८ बैशाख २०८१, शनिबार
Follow Us

बाढी पहिरोमा परी ३० जनाको मृत्यु, दर्जनौं सम्पर्कविहिन

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७४, शनिबार १३:३१

काठमाडौं । शुक्रबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर तीस जनाभन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परी सुनसरीमा सात, झापामा चार, सिन्धुलीमा चार जनाको मृत्यु भएको छ ।

यसैगरी मोरङमा तीन, बाँकेमा तीन, पाँचथरमा तीन र बारा, सर्लाही, दाङ, पाल्पा र बर्दियामा एक एक जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले सबै सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै उद्धारको निम्ति सबै सरकारी एवं गैरसरकारी निकाय तथा नागरिकलाई उद्धारमा प्रभावकारी रुपमा क्रियाशील हुन अपिल गरेको छ ।

पूर्वी क्षेत्रमा पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बाढी पहिरोमा परी साउन महिनामा मात्रै ५५ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।