७ बैशाख २०८१, शुक्रबार
Follow Us

जसिता र मेरुनाले बिज्ञापन खेल्ने

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७४, शनिबार १४:३४

युके डान्स अफकी बिजेता जसिता गुरुंग र नायिका मेरुना मगर बेलायतमा व्यवशायिक रुपमा निर्माण हुने बिज्ञापनमा अनुबन्धित भएका छन् ।

भिजन संसारले एस्टार फाईनान्सियल सोलुसन्स युकेको बिज्ञापन निमार्ण गर्न जसिता र मेरुनालाई मंगलबार वेम्वलीको एस्टार कार्यालयमा औपचारिक रुपमा अनुबन्ध गरेको हो ।

युके डान्स अफकी बिजेता जसिताले अन्य बिधामा प्रस्ताव आए पनि बिज्ञापन नयाँ भएकोले उत्साहित भएको प्रतिकृया दिईन् । यस अघि नै ठूला पर्दाको फिल्ममा काम गरिसकेकी नायिका मेरुना मगर पनि बेलायतमा व्यवशायिक बिज्ञापनमा खेल्न पाउनु नयाँ अवसरको रुपमा लिएकी बताईन् ।
भिजन संसारका निर्देशक तथा कलाकार सनम बैरागले बेलायतमा पहिलोचोटी व्यवशायिक रुपमा बिज्ञापन बनाउने अवसर पाएकोमा खुशी हुँदै श्रृजनात्मक कामको लागि प्रोत्साहन दिने एस्टारलाई धन्यवाद दिए ।

एस्टार सोलुसन्सका निर्देशक मीन दर्लामीले आफूहरुको ब्राण्ड प्रमोशन मात्र नभएर समाजिक उत्तरदायित्व समेत बहन गरेको जिकीर गरे । बिज्ञापन अनुबन्धको हस्ताक्षर कार्यक्रममा एस्टार सोलुसन्सका रमेश शारंगकोटीले सहजिकरण गरेका थिए भने एस्टारका कुमार गुरुगं , रबिन्द्र श्रेष्ठ , सपन ईन्टरटेन्मेन्टका सपन राई , मन्जु गुरुंग , कलाकार सुस्मिता थापा , भिजन संसारका अभिमन्यु वैराग र दुवै कलाकारका अभिभावकहरु समेत उपस्थिति थियो ।

करीव १ मिनेटको हुने बिज्ञापनमा मेरुना र जेस्सिता बाहेक जेसन लिम्बुले पनि साथ दिनेछन् ।

बिज्ञापनको मार्केटिग भने साउथ ह्यारोमा रहेको एक्सप्रेस स्टुडियोे संचालन गर्दै आएको क्लिकटुरिच लिमिटेडले गर्नेछ ।