१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘हेल्लो गजलबार’मा गुञ्जिइन् मिलन अमात्य

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार १४:५३

काठमाडौं । चर्चित गायिका मिलन अमात्य आइतबार साँझ बागबजारस्थित ‘हेल्लो गजलबार’मा गुञ्जिइन् । रात छिपिँदै जाँदा स्टेज चढेकी मिलनले सुरुमै आफ्नो चर्चित गीत ‘जहिलेसम्म जुनतारा…’ प्रस्तुत गरिन् । त्यसपछि ‘गाला रातै…’ गाएपछि एकाएक गजलबारको माहोल तातिएको थियो ।
हेल्लो गजल बार आइतबारबाट औपचारिक उद्घाटन गरिएको हो । गायिका मिलन र मोडल तथा अभिनेत्री विपना थापाले रिवन काटेर गजलबारको उद्घाटन गरेका थिए । रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञ्चालन ल्याएको हेल्लो गजलबारको औपचारिक उद्घाटनपछि गायिका मिलनले आफ्नो प्रस्तुती दिएकी हुन् । चर्चित मोडल र गायिकाबाट आफ्नो गजल बारको उद्घाटन गर्न पाउँदा सञ्चालनहरु पनि खुसी देखिए । सञ्चालकमध्ये रुल्जले भने, ‘आज नेपाली गीतसंगीतकी चर्चित गायिका मिलन र मोडल विपनाले हेल्लो गजलबारको उद्घाटन गरेका छन् । यसमा एकदमै खुसी छु । अब हरेक दिन हामी ग्राहकलाई यस्तै चर्चित कलाकारबाट सेवा दिनेछौं ।’
गायिका मिलन र मोडल विपनाले पनि एक उत्कृष्ट गजलबारको उद्घाटन गर्न पाउँदा खुसी व्यक्त गरे । गायिका मिलनले भनिन्, ‘राजधानीको यो उत्कृष्ट गजल बार लाग्यो । जसको उद्घाटन गर्न पाउँदा खुसी लाग्यो ।’ उनले प्रस्तुती दिनेक्रममा आफ्ना चर्चित गीत मात्र गाइनन् । मिलनले चर्चित हिन्दी गजलहरु पनि गाइन् । त्यतिले मात्र नपुगेर फ्लोमै आएर गायक नाचिन् पनि । गजलबारको उद्घाटन समारोहमा अतिथिका रुपमा उपस्थित गायक रुकमान लिम्बू र पदम राईले आफ्नो गीत सुनाए ।
हेल्लो गजलबार आधुनिक तथा सुविधा सम्पन्न गजलबार हो । गजलबारका सञ्चालकका अनुसार हरेकदिन ग्राहकको मागअनुसार गुणास्तरिय खानासँगै ख्यातीप्राप्त कलाकारहरुद्वारा ग्राहकलाई मनोरञ्जन प्रदान गरिनेछ ।