कृष्ण देवकोटा । ग्लास्गो । गायिका श्रीदेवी देवकोटा तीजको कार्यक्रमको लागी युके आईपुगीन ।
नेपाली लोक तथा दोहोरी गीतकी रोमान्टीक विधाकी एउटी चर्चित गायीका श्रीदेवी देवकोटा १५ अगष्टका दिन स्कटल्याण्डस्थित एडिन्व्रा एयरपोर्ट हुँदै युके आएकी हुन् ।
स्कटल्याण्ड स्थित ग्लास्गो नेपाली एसोसियसनको २१ अगस्ट मा हुने तिज विशेष कार्यक्रमलाई भव्य वनाउन उनी वेलायत आएकी हुन् ।
ग्लास्गो नेपाली एसोसियसनले गत वर्षहरुमा पनि विभिन्न
आकर्षक कार्यक्रम गरेर तिज पर्व मनाउँदै आईरहेको छ ।
यो साल पनि नेपालवाट कलाकारहरु श्री देवी देवकोटा र वसन्त थापालाई वोलाएर कार्यक्रमलाई रोचक वनाउन लागीएको हो । जस्मा श्री देवी देवकोटा आईसकेकी छिन भने वसन्त थापा केही दिन पछि आउदैछन ।
युकेको वसाईमा उनले वेलायतमा आयोजित हुने विभिन्न कार्यक्रमहरुमा सहभागी भई आफ्नो प्रस्तुतीहरु पस्कने वताईन ।
पहिलो पटक युके भ्रमणमा आएकी देवकोटाले लामो यात्राले थकान वनाए पनि अरुसवै यात्रा रमाईलो भएको अनुभव सुनाईन् ।
देवकोटाको स्वागतकालागी स्कटल्याण्डका नेपाली मोडल सागर खत्री एयरपोर्ट पुगेका थिए ।