१६ चैत्र २०८०, शुक्रबार
Follow Us

२१ राज्यमन्त्री थपिदै, जम्बो मन्त्रिमण्डलको कीर्तिमान

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७४, आईतवार ११:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज र भोलिमा २१ राज्यमन्त्री थप्दैछन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच भएको सहमतिका आधारमा कांग्रेसबाट १० जना, माओवादीका ८ जना र ३ जना फोरम लोकतान्त्रिकका तर्फबाट आजै राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी प्रधानमन्त्री देउवाले गरिरहेका थिए। यी मन्त्री थपिदै मन्त्रिमण्डलको संख्या ४९ पुग्ने छ । यी मन्त्री थपिदै मन्त्रिमण्डलको संख्या ४९ पुग्ने छ । प्रधानमन्त्रीबाहेक २७ जना मन्त्रीहरु छन्, अब २१ थप्दा ४९ जनाको मन्त्रिमण्डल बन्नेछ । शान्ति, विज्ञान तथा प्रविधि, वन तथा भूसंरक्षण र उद्योग मन्त्रालयमा प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् । यी चारवटा मन्त्रालयमा मन्त्री नियुक्ति गर्दा मन्त्रीको संख्या मन्त्रीमण्डलको संख्या ५३ पुग्नेछ । यसअघि सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाउने कीर्तिमान देउवाकै नाममा थियो ।
तर कांग्रेसभित्र राज्यमन्त्रीका आकांक्षीबीचको चर्को प्रतिस्पर्धा भएपछि नेताहरुबीच नाम टुंगो लगाउने गृहकार्यमा समय लागेपछि सम्भवत् आज माओवादीका तर्फबाट मात्रै राज्यमन्त्रीहरुको नियुक्ति र पद तथा गोपनियताको सपथ हुनेछ।
कांग्रेसको भागमा १३ वटा मन्त्रालय परेको भए पनि रक्षा, कानुन, सहकारी मन्त्रालयमा राज्यमन्त्री राख्नुको खासै अर्थ नहुने देखिएको कारण पनि नेताहरुले १० जनासम्म राज्यमन्त्री नियुक्तिको तयारी गरिरहेका हुन् ।
यसअघि माओवादीले पाँच जनाको नाम राज्यमन्त्रीमा दिएको थियो। तर आज माओवादीका तफबाट थप तीन जनाको नाम पठाएपछि प्रधानमन्त्री देउवाले माओवादीका ८ जना सांसदलाई राज्यमन्त्रीमा आजै साँभसम्म नियुक्त गर्ने तयारी गरिरहेका छन् ।
यसरी माओवादीबाट राज्यमन्त्रीमा नियुक्तिका लागि पार्टीले सिफारिस गरेकोमा मोहमद जाकिर हुसेन उर्जा, रामसिंह यादव परराष्ट्र, श्यामकुमार श्रेष्ठ (रामेछाप) गृह, शम्भु श्रेष्ठ स्वास्थ्य, कर्णबहादुर विक आपूर्ति, छमबहादुर गुरुङ शहरी विकास, गोमा कुँबर पशुपंक्षी, वांग्दी शेर्पा सामान्य प्रशासन रहेका छन्।