१५ चैत्र २०८०, बिहीबार
Follow Us

पश्चिम बंगाल सरकारले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा बोलायो

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार ११:३३

काठमाडौं । पश्चिम बंगाल सरकारले अलग गोर्खाल्याण्डको माग राखेर आन्दोलन गरिरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा आउन आव्ह्वान गरेको छ । सम्वादहिनताको अवस्थालाई हटाउन तथा दार्जीलिङ्गको समस्या समाधानका लागि वार्ताका लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई बोलाएको पस्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बताएकी छन् ।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वार्ता थाल्न आग्रह गर्दै पत्र पठाएको तथा त्यसको २४ घण्टा भित्रै आपूले अगस्ट २९ मा वार्ता गर्न जानकारी पठाएको उनले बताईन् । उत्तरी बंगालको बाढी प्रभावित क्षेत्रको भ्रमणबाट राज्य सचिब फर्किए लगत्तै वार्ता थाल्ने उनले बताईन् ।
मुख्य मन्त्री बेनर्जीले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्ताका लागि आव्ह्वान गर्दा गोर्खा जनमुक्ती मोर्चाको नाम भने उल्लेख नगरिएको बताइएको छ ।
गोर्खा जनमुक्ती मोर्चाका उपाध्यक्ष कल्याण देवानले सबै सरोकारवालालाई औपचारिक रुपमा आव्ह्वान नगरे सम्म वार्ता हुन नसक्ने बताए । उनले मुख्य मन्त्री बेनर्जीले बार्ताका लागि आब्ह्वान गरेको भन्दापनि गोर्खा जनमुक्ती मोर्चा र गोर्खाल्याण्ड आन्दोलन सम्योजन समितिलाई कमजोर देखाउन प्रयास गरेको बताएका छन् ।