७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवा र सकमक्षी मोदीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार १५:१६

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार दिउसो नयाँदिल्ली पुगेका देउवालाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गर्न पुगेकी थिइन् ।

देउवाले दिल्लीस्थित नेपाली दूताबासमा पुगेर प्रवासी नेपालीहरुलाई छोटो सम्बोधन समेत गरेका छन् । भोलि विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुनेछ । तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवासंग ‘वार्मअप’ मिटिङ गरेका हुन् ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भोलिबाट औपचारिक छलफल हुने भएपनि त्यो भन्दा राजनीतिक तहबाट के गर्न सकिन्छ भनेर चिया भेट भएको बताए ।प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ । लगतै दुई देशको प्रतिनिधिमण्डलबीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।