१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वकप्तान वायन रुनी पक्राउ

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार १३:२५

लन्डन । इंग्ल्यान्डका पुर्व कप्तान वायन रुनी पक्राउ परेका छन् । इंलिस क्लब एभर्टनका स्ट्राइकर रुनीलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा पक्राउ गरिएको हो । रुनीलाई आफ्नै घर नजिकबाट नियन्त्रणमा लिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । रुनीलाई एभर्टनको अभ्यासपश्चात घर फर्कने क्रममा मादक पदार्थ सेवन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।