March 23, 2023
8:52 PM | 2:37 AM
?>
खेल

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

  14/09/2017 मा प्रकाशित

काठमाडौं । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।
मलेसियामा आज बिहान सिंगापुरले दिएको ६८ रनको सामान्य चुनौती नेपालले १४ औं ओभरमा ३ विकेट गुमाएर पुरा ग-यो । नेपालका लागि सन्दिप सुनारले २० रन तथा अनिल कुमार साहले १८ रन जोडे ।
यसअघि पहिले व्याटिङ गरेको सिंगापुरका खेलाडीहरुले २९ औं ओभरमा अलआउट हुनुपुर्व ६७ रन मात्रै बनाउन सके । सिंगापुरका लागि आर्यमान सुनिल र सिद्धान्तले २०-२० रन बनाए । किफायती बलिङ गरेका नेपालका पवन शर्राफले ६ विकेट लिए । यसैगरी किशोर महतोेले २ विकेट झार्दा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १-१ विकेट लिए ।
८ राष्ट्र सहभागी एसीसी युथ नाइन्टिन क्रिकेट पुर्वी क्षेत्रबाट छनोट हुने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया