January 27, 2022
5:25 PM | 11:10 PM
कला तथा मनोरन्जन

दशैँ राम्रो लाहुरे घर आउनाले गीत सार्वजनिक

  15/09/2017 मा प्रकाशित

काठमाडौं । नेपालीको महान् पर्व दशै सम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिनुभएको छ । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ ।
गीतको भिडियोमा रीना थापा, दीपक बस्नेत, विदुर चापागाईं र नमराज ढुंगानाको अभिनय रहेको छ । त्यसैगरी, दशैँसम्बन्धी ‘छोरा’ नामक अर्को लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायक विरही कार्कीको शब्द र लय रहेको छ ।
गीतको म्युजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, लिला गिरी, मोहनसिंह जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया