१२ बैशाख २०८१, बुधबार
Follow Us

मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार ०४:३६

काठमाडौं । मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् । सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन् ।
त्यस्तै कलंकीकी ‘फस्ट रनर अप’ सिजुसिंह ठकुरीले रु १५ हजार र ‘वेष्ट ड्रेस’को उपाधि प्राप्त गरिन् भने ‘सेकेण्ड रनर अप’ मोनालिसा पाख्रिनले ‘मिस पर्सनालिटी’को अवार्ड पाइन् । उनले रु १० हजारका साथै साउथ वेष्टर्न कलेजमा रु एक लाख बराबरको छात्रवृत्ति पनि पाइन् ।
कार्यक्रममा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकार, सौर्य एअरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई, राससका अध्यक्ष कुलचन्द्र वाग्ले तथा नेपाली उड्डयन क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । मुख्य निर्णायकका रुपमा नेपाल एअरका क्याप्टेन विजय लामा हुनुहुन्थ्यो ।