६ बैशाख २०८१, बिहीबार
Follow Us

हेल्लोमा गुञ्जिए स्वरुपराज

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७४, मंगलवार ०९:४२

काठमाडौं । राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा गत शुक्रबार नेपाली सुगम संगीतका ‘मेलोडी किङ’ स्वरुपराज आचार्य प्रस्तुत भए । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामको एकल साँझमा प्रस्तुत भएका स्वरुपले जहाँ करिब दुई दर्जन आफ्ना लोकप्रिय गीतहरु सुनाएका थिए ।
आफ्नो पिताको सदावहार लोकप्रिय गीत ‘जहाँ छन् बुद्धका आँखा’बाट कार्यक्रममा सुरु गरेका स्वरुपराजले त्यसपछि हजार आँखा हेर्ने, मुटुजलिरहेछ, जति चोट दिन्छौ, ढलें म ढलें, काडाँ त बिझ्यो बिझ्यो, धेरै माया दिँदा रैछन्, शायद मायामा फसें कि, पागल म बन्न, सोल्टिनी सोल्टिनी, बल गरेर जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।
पहिलोपटक यसरी गजलबारमा एकल शोमा प्रस्तुत भएका स्वरुपले भने, ‘राजधानीमा थुपै्र गजलबारहरु छिरेको छु । तर, साया हेल्लो क्याफे गजलबार जस्तो सुविधा सम्पन्न कतै देखिनँ ।’ उनले हेल्लो गजलबार पारिवारिक र खुला रहेको प्रतिक्रिया दिए ।
यो गजलबार रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञचालनमा ल्याएका हुन् र राजधानीको केन्द्र मानिने बागबजारमा रहेको यो गजलबारको विशेषता मध्ये प्रसस्त पार्किङ पनि हो । साया हेल्लो गजलबारमा आउने ग्राहकका लागि प्रसस्त पार्किङको व्यवस्ता छ । राजधानीमा खुलेको ठूला–ठूलो रेष्टुरेण्ट र बारका लागि सबैभन्दा ठूलो समस्या भनेकै पार्किङ हो । तर, साया हेल्लो क्याफे गजलबारका लागि त्यो समयमा नभएको सञ्चालकमध्येका एक रुल्जले बताए ।