१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन आइमा सेल्फी……(भिडियो)

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार ११:५४

शिव तिवारी ।

लन्डन । पछिल्लो समय गायन, संगीत तथा गीत लेखन विद्यामा हात हालेका डा. सोहन घिमिरेको आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘लन्डन आइमा सेल्फी’ सार्वजनिक भएको छ । गीतमा विदेशी भूमिमा नेपाली मायालुसंगको भेट र पुरानो माया प्रेमको चर्चा गर्दै सम्झना दिलाएको परिदृश्य छ ।

गीतको म्युजिक भिडियो दिपेश रेग्मीले निर्देशन गरेका हुन् भने कुशल श्रेष्ठको छायांकन तथा सम्पादन छ । बेलायतको मुख्य आकर्षक स्थान लण्डन आइ कै वरिपरि छायांकन गरिएको गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ । घिमिरेका यस अघि तीन जुरेको डांडा, यो साँझ.. लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् ।

डा. घिमिरे बेलायतको एवर्डिनमा प्राविधिक पेशामा आवद्ध रहेपनि पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रप्रति लगाव र क्रियाशिलता देखाउंदै आएका छन् ।