८ बैशाख २०८१, शनिबार
Follow Us

अख्तियारका प्रमुखलाई महाअभियोग लगाउने हल्ला मात्र

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७३, आईतवार १५:१०

काठमाडौं । विभिन्न दलका नेताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन् । नेताहरुले संसदीय समितिले ध्यानाकर्षणका लागि प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाइएको भन्दै महाअभियोग लगाउने विषय गलत भएको बताएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा सासंद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने भन्नेबारेमा अफवाह फैलाईएको बताउँदै यसको कुनै औचित्य र आवश्यकत्ता नभएको बताउनुभयो ।
त्यसैगरि नेकपा एमालेका नेता तथा सांसद डा. वंशिधर मिश्रले निहित स्वार्थ बोकेका संगठित व्यक्तिहरुले अख्तियार प्रमुख आयुक्तमाथि महाअभियोग लगाउने कुरा गलत भएको र महाअभियोग लगाउने भनेर अतिरञ्जित पार्ने काम भएको प्रष्ट पार्नुभयो । यता सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पनि संसदमा दर्ता भएको ध्यानकार्षण प्रस्तावमात्रै भएको बताउँदै संसदमा महाअभियोगको प्रस्ताव दर्ता नभएको प्रष्ट पार्नुभयो ।
त्यस्तै नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले अख्तियार प्रमुखलाई महाअभियोग लगाउने हल्ला फिँजाएर संवैधानिक निकायलाई कमजोर बनाउने षडयन्त्र भैरहेको आरोप लगाउनुभयो । नेताहरुले संसदमा दर्ता भएको विषय महाअभियोग लगाउन नभएको र यसलाई बढि प्रचारवाजी नगर्न आग्रह समेत गरेका थिए ।